Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पाँच वटा सवारीसाधन एक—अर्कासँग ठोक्दिाँ १५ जना विद्यार्थी घाइते


1.1K
Shares

पाँच वटा सवारीसाधन एक—अर्कासँग ठोक्दिाँ १५ जना विद्यार्थी घाइते

काठमाडौं, २३ साउन । मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन एक—अर्कासँग ठोक्किएका छन्।

सोमबार बिहान ९ः०५ बजे हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो।

राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताउनु भयो।

कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २—०३—००१—ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो।

घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग पनि खुलाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology