Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतको प्रो—कबड्डी लिगमा नेपालका दुई खेलाडी आबद्ध


2.1K
Shares

भारतको प्रो—कबड्डी लिगमा नेपालका दुई खेलाडी आबद्ध

काठमाडौं, २२ साउन । भारतको चर्चित कबड्‌डी लिग प्रो—कबड्डीमा नेपालका दुई खेलाडी आबद्ध हुन सफल भएका छन्।

नवौं सिजनका लागि शुक्रबार र शनिबार अक्सन भएको थियो। अक्सनमार्फत नेपालका नागेश्वर थारू र लालमोहर यादवलाई बैंगलुरू बुल्सले टिममा आबद्ध गरेको हो।

दुवै जना १०—१० लाख भारूमा टिममा आबद्ध भएका हुन्।

यसअघि लालमोहरले गत सिजनको लिगमा पनि बैंगलुरूबाटै लिग खेल्नु भएको थियो। बैंगलुरुमा गत सिजन नेपालका अर्का खेलाडी सञ्जय श्रेष्ठ पनि आबद्ध हुनु भएको थियो ।

प्रो कबड्डी लिगमा बैंगलुरूसहित १२ टिम आबद्ध छन्। नवौं सिजन केही महिनापछि हुने तय छ।

नवौं सिजनका लागि दुई दिन अक्सन गर्दै १२ टिमले खेलाडी भित्र्याएका छन्।

जसमा अमिरहुसेन बास्तोमी सर्वाधिक रकममा आबद्ध हुनु भएको छ। उहाँलाई हरियणाले ६५ लाख १० हजार भारूमा टिममा भित्र्याएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology