Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

केकी र आँचलको ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक


2.2K
Shares

केकी र आँचलको ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं, २२ साउन । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक भएको छ।

आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा विवाहपछि परिवारमा हुने झगडालाई प्रस्तुत गरिएको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका रहेको छ। फिल्ममा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिएका छन्।

कपनगडी सिनेमा र फिल्म क्रियू नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा आधारित छ। प्रदीप भारद्वाजको पटकथा तथा संवाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहको छ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह—निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन्। विष्णु घिमिरेले छायांकन गर्नु भएको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गर्नु भयो। यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology