Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि


1.2K
Shares

आज थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ साउन । पछिल्लो २४ घन्टामा देशभर थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ७८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ४० जनाको पिसिआर र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५ हजार ६५९ जना सक्रिय संक्रमित छन्।

४३३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology