Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

ढुंगाले लागेर घाइते भएका गोरखाका युवकको उपचारको क्रममा मृत्यु


1.9K
Shares

ढुंगाले लागेर घाइते भएका गोरखाका युवकको उपचारको क्रममा मृत्यु

गोरखा, २२ साउन । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पु¥याई खच्चड लिएर फर्किने क्रममा ढुंगाले टाउकोमा लागेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

साउन २० गते धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरोसँगै खसेको ढुंगाले लागेर धार्चे ७ भीरकुनाका करिब ३७ बर्षीय बुलसिं गुरुङ घाइते हुनु भएको थियो ।

उहाँलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल उद्धार गरी हेलिकप्टरबाट उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो।

उपचारका क्रममा उहाँको शनिबार राति निधन भएको स्थानीय वीरबल घलेले जानकारी दिनुभयो।

उहाँको ढुंगाले लागेर टाउको, हातखुट्टामा गहिरो चोट लागेको थियो। एक लाख ८० हजार भाडा तिरेर हेलिकप्टरबाट काठमाडौं लगिएको थियौं।

घलेका अनुसार उपचारमा एक लाख २८ हजार खर्च भएकोमा टिचिङ अस्पतालले एक लाख मिनाहा गरिदिएको र बाँकी २८ हजार गाउँलेहरूले पैसा उठाएर तिरेको हो । तर,हेलिकप्टरको भाडा अझै तिरिसकेको छैन ।

गुरूङको आजै स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology