Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भट्टराई निकट नेताको खुलासा ‘उहाँले मंसिरपछि कि सन्यास लिनुहुन्छ कि पार्टी नै तितरबितर हुन्छ’


3.4K
Shares

भट्टराई निकट नेताको खुलासा ‘उहाँले मंसिरपछि कि सन्यास लिनुहुन्छ कि पार्टी नै तितरबितर हुन्छ’

गोरखा २२ साउन । पूर्वप्रधानमन्त्री तथा भर्खरै गठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको निकट पात्रको रुपमा चिनिनु हुन्छ नेता डम्बर खतिवडा । जनता समाजबादी पार्टी नेपालमा रहदा डा. भट्टराईलाई नजिक  पात्र खतिवडा भट्टराईले नयाँ पार्टी गठन गरेपछि सन्तुष्ट हुनुहुन्न । डा. भट्टराईले नेपाल समाजवादी पार्टी नेपालको औपचारिक गठन गरेको भोलिपल्ट आइतबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईको पार्टी र भविस्य प्रति चार बिश्लेषण सार्वजनिक गर्नुभएको छ ।

उहाँले आफु करिब ८ बर्ष सहकार्य गरेको समुहले नेपाल समाजवादी पार्टी गठन गरिरहेको सन्दर्भमा आफ्नो राजनीतिक बुझाई र अडान प्रष्ट पार्नु अधिकार र कर्तव्य रहेको भन्दै भट्टराई अबको मंसिरको निर्वाचनपछि राजनीतिबाट सन्यास लिने दावी गर्नुभएको छ । “मेरो अनुभव र बुझाईमा यो समूह र विशेषतः यसका मुल नेता डा.बाबुराम भट्टराई अहिले चौरास्ता, चार मनस्थितिमा हुनुहुन्छ । यसलाई एकप्रकारको महा दुबिधा (द ग्रेट डिलेमा) भन्न सकिन्छ।”  उहाँले भन्नुभएको छ ।

खतिवडाले डा भट्टराई अब कि नेकपा (मसाल) नेता मोहनविक्रम सिंहको प्युठान र चित्रबहादुरको बागलुङमा जस्तै गोर्खा र सर्लाहीमा सीमित प्रभाव भएको एउटा सानो दलका रुपमा खुम्चिनु रहने, वा कथित समाजवादी केन्द्रको नाममा कुनै कम्युनिस्ट समूह वा कम्युनिस्ट समुहहरुको एकतामा सामेल भई विलयन हुनुको बिकल्प नभएको उल्लेख गर्नुभएको छ । त्यस बाहेक अन्य दुई बिकल्प भनेको डा भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानू र समूह नै तितरबितर हुनु वा बृहत् अर्थमा बैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रुपमा योगदान गर्नु मात्र रहेको खतिवडाको बिश्लेषण रहेको छ ।

भट्टराईले नेतृत्व गरेको समुहले एक्लै अब बैकल्पिक राजनीतिको पुनर्गठन र नेतृत्व गर्न नसक्ने स्पसट पार्दै उहाँले तर चाहेमा नयाँ र बृहत परिप्रेक्ष्यमा योगदान गर्ने घटक भने हुन सक्ने तर्क गर्नुभएको छ । खतिवडाले यी ४ मध्ये कुन बाटोमा जान्छ भन्ने प्रष्ट नहुन्जेलसम्म आफु पार्टीको सदस्य मात्र भएर बस्ने समेत उल्लेख गर्नूभएको छ । ” यसको अनुमानित अबधि मंसिर मसान्तसम्म हो । नेतृत्वमा किन बसिन भने अहिलेको मोडेलको पुनर्गठनमा मेरो सहमति थिएन र त्यसको नैतिक बोझ उठाउने सामर्थ्य मसंग रहेन । नेतृत्वमा बस्दा अहिलेको मोडेलमा मेरो पनि समर्थन छ भन्ने बुझिन्थ्यो।” उहाँले लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology