Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ : प्रचण्ड


987
Shares

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ : प्रचण्ड

काठमाडौं, २१ साउन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताउनु भएको छ ।

जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नु हुदैँ अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा छलफल भइरहेको बताउनु भयो।

उहाँले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरू प्रयासरत रहेको बताउनु भयो।

नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उहाँले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी गराउनु भयो।

नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्‍याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिए।

दातृ देशका रूपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमण केन्द्रित रहने उहाँले विश्वास व्यक्त गर्नु भयो।

जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष प्रचण्डले स्मरण गर्नु भयो। आगामी संघीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताउनु भयो।

पाँचदिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल शनिबार त्यहाँ पुग्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology