गोरखा, २० साउन । सरकारले प्रदेश र संघको चुनाव मंसिर ४ गते गर्ने घोषणा गरेसँगै गोरखामा मतदाता नामावली संकलनको काम रोकिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय सिर्दिबासमा भईरहेको मतदाता नामावली संकलन रोकिएको हो ।
गोरखामा सञ्चालन भई रहेको ‘मतदाता नामावली संकलन रोकिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले जानाकारी दिनुभयो । निर्वाचन कार्यालयले २०७८ चैत १३ गते प्रकाशित गरेको बिवरण अनुसार गोरखामा एक लाख आठ हजार दुई ६० जना पुरुष र एक लाख १० हजार तीन सय तीन महिला गरी दुई लाख १८ हजार पाँच सय ६३ मतदाता रहेका छन् ।