Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कृषि ऋण लिएर व्यवसायिक खेती गर्ने किसानलाई व्याज अनुदान दिन्छौ : कृषिमन्त्री थापामगर


2.7K
Shares

कृषि ऋण लिएर व्यवसायिक खेती गर्ने किसानलाई व्याज अनुदान दिन्छौ : कृषिमन्त्री थापामगर

 

दीपक श्रेष्ठ

गोरखा १८, फागुन  गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ऋण लिएर व्यवसायिक कृषिखेती गर्ने कृषकहरुलाई अब व्याज अनुदान उपलब्ध गराउने बताउनु भएको छ । भुकम्पले क्षती पु¥याएकोे कृषि ज्ञानकेन्द्र गोरखाको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्नुहुदै मन्त्री थापामगरले प्रदेश सरकारले चालु आर्थिक बर्षदेखि नै कृषकहरुका लागि ऋणमा व्याज अनुदान कार्यक्रम कार्यन्वयन शुरु गरेको उहाँले बताउनुभयो ।

मन्त्री थापामगरले बित्तिय सहकारीहरुले आफ्नो कुल पुँजीको ३० प्रतिसत उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्ने र कृषि सहकारीले आफ्नो ७० प्रतिसत रकम कृषि उत्पादनमा लगानी गर्नुपर्ने ऐनमै व्यवस्था गरिसकेको भन्दै कृषक र बित्तिय संस्थाहरु थप बिच बिश्वासको बाताबरण बनाउन व्याज अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । ‘गण्डकी प्रदेश भित्रमात्रै सहकारी क्षेत्रमा ६५ अर्व भन्दा बढि पुँजी छ, मन्त्री थापामगरले भन्नुभयो, ‘अब कम्तिमा १९ देखि २० अर्ब रुपैयामा उनिहरुले कृषि क्षैत्रमा लगानी गर्नुपर्छ ।’

अन्य बित्तियसंस्थाहरुले समेत आफ्नो कुल पुँजीको १० प्रतिसत कृषि क्षेत्रमा लगानी गर्नै पर्ने मन्त्री थापामगरले बताउनुभयो । ‘राष्ट्र बैकले यसको कार्यान्वयनका लागि सवै बैंकहरुलाई निर्देशन दिईसकेको छ, तर बैंकहरुले कार्यान्वयन गरेका छैन, उहाँले भन्नुभयो, ‘किसानहरुलाई लगानी गर्दा कृषकले तिर्दैन, सवै डुब्छ, हामी घाटामा जान्छौ भनेर उनिहरुले लगानी गर्न चाहेका छैनन्, अब सरकारले व्याज अनुदान दिने भएपछि उनिहरुलाई पनि सजिलो हुन्छ ।’

मन्त्री थापामगरले अब कृषि उत्पादन बृद्धिका लागि सवै क्षेत्रबाट पहल गर्नुपर्ने बेला आएको समेत बताउनुभयो । ‘त्यसलाई सर्पोट पुगोेस् भन्ने उद्देस्यले कृषकलाई ऋणमा व्याज अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याएका हौ, मन्त्री थापामगरले भन्नुभयो, ‘यो कार्यक्रम लागू भएपछि ऋणी कृर्षकहरुले व्याज तिर्दैन की भन्ने चिन्ताबाट बित्तिय संस्था आत्तिनु नपर्ने स्थिती पैदा हुनेहुदा कृषकहरुले सहज ढंगबाट ऋण प्राप्त गर्नसक्छन् ।’

सरकारले कृषि क्षेत्रमा बिशुद्ध अनुदान बिधि मात्र नभई किसान आफैले ऋण लिएर व्यवसाय गर्न सकोस् भन्ने उद्देस्यले पनि व्याज अनुदान कार्यक्रम ल्याएको मन्त्री थापामगरले बताउनुभयो । मन्त्री थापामगरले प्रदेश सरकारले ल्याएको सहकारी ऐनको कार्यान्वयन संगै कृषि क्षेत्रमा पुँजीको अभाव नहुने समेत बताउनुभयो ।

उहाँले गाउँगाउँमा सहकारी संस्थाहरु खुलेकाले ति सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई कृषिमा सहुलियत पूर्ण ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो । ‘ सरकारीले शेयर सदस्यहरुबाट बढिभन्दा बढि व्याज लिएर मात्र मुनाफा जाने होइन्, मन्त्री थापामगरले भन्नुभयो, ‘ शेयर सदस्यलाई बढि भन्दा बढि लाभ दिने र कृषिसंग सम्बन्धित ऋण सुलभ दरमा प्रवाह गर्ने हुनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology