Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपाल एयरलाइन्सको जहाज करिब २ घण्टापछि मुम्बई उड्यो


1.6K
Shares

नेपाल एयरलाइन्सको जहाज करिब २ घण्टापछि मुम्बई उड्यो

काठमाडौँ, १८ साउन । शंकास्पद व्यक्ति रहेको सूचना पछि उडान रोकिएको नेपाल एयरलाइन्सको जहाज करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ ।

आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १ः१० मा उड्ने तालिका रहे पनि कैलाली प्रहरीले शंकास्पद यात्रु रहेको सूचना पठाएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले रोकेको थियो । जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नेपाल एयर लाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार जहाजमा चालकदलका १४ जना र १२७ यात्रु थिए । कैलाली प्रहरीको सूचनापछि प्रहरीको विशेष टोलीले सबै यात्रुलाई ओरालेर जाँच गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology