Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु


2.7K
Shares

पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु

एजेन्सी, १७ साउन । पाकिस्तानमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ।

द डनका अनुसार बलुचस्तान प्रान्तमा आएको बाढी पीडितको उद्धारमा खटिएको उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको थियो। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताइएको छ।

दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली ६ जना अधिकृतहरूको मृत्यु भएको हो।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हेलिकप्टर दुर्घटनामा परी सैनिक अधिकारीहरूले ज्यान गुमाएको घटनाले राष्ट्र शोकमा परेको बताएका छन्।

‘उनीहरूले बाढीपीडितलाई राहत पुर्‍याउने पवित्र काम गरिहेका थिए,’ सरिफले ट्विट गर्दै भनेका छन्,‘मातृभूमिका यी सपुतप्रति हामी ऋणि हुनेछौं। मृतकका परिवारप्रति मेरो गहिरो सहानुभूति छ।’

दुर्घटनामा परेको हेलिकप्टरको भग्नावशेष मंगलबार फेला परेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology