काठमाडौं, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बताउनु भएको छ ।
नेकपा विभाजन नहुँदै र विभाजनपछि पनि आफू कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको भन्दै गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरिएको बताउनु भयो।
मंगलबार भैरहवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गौतमले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि भए पनि पार्टी एकता हुनुपर्ने गरी आफूहरू लागेको बताए।
पूर्वगृहमन्त्री समेत रहेनु भएका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पार्नु भयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उहाँले दाबी गर्नु भयो।