काठमाडौं, १७ साउन । काठमाडौंको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।
ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत पक्राउ पर्नु भएको हो । सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतले जानाकारी दिनु भयो ।
बलात्कृत छात्रा शिक्षक कठेत सँग ट्युसन पढ्नु हुन्थ्यो । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको बताउनु भएको छ ।