Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता


3.1K
Shares

पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता

म्याग्दी, १७ साउन । आज परेको निरन्तर बर्षाको कारणले म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको र ३ जना बेपत्ता भएको छ । घाम बहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो ।

घटनास्थलमा गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको निवर्तमान वडा सदस्य सम बहादुर विकले बताउनु भयो । गोठे र उहाँको श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घम बहादुर, उहाँको श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology