Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

असोज ७ गतेदेखि ‘प्रेम गीत ३’ भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै


4.9K
Shares

असोज ७ गतेदेखि ‘प्रेम गीत ३’ भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै

काठमाडौं, १६ साउन । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने भएको छ।

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असोज ७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

हिन्दी संस्करणमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भनिएको फिल्म अब ‘प्रेमगीत ३’ नामबाट प्रदर्शन हुने निर्देशक सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हो।

असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पार्नु भएको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology