पोखरा, १६ साउन । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको छ । पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको आगलागीबाट घाइते हुनुभएको उहाँलाई उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्याइएको थियो तर डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले जानाकारी दिनुभयो ।
मोटरसाइकलमा आगलागी भएपछि निभाउने प्रयास गर्दा ठक्कर दिने ट्रक ड्राइभर र आगो निभाउन लागि परेका ट्रकमा सवार क्षेत्रबहादुर कुँवर पनि घाइते हुनु भएको उहाँले बताउनु भयो । ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।