Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नवनियुक्त अर्थमन्त्री शर्माको शपथ बेलुकी ५ः३० बजे


1.9K
Shares

नवनियुक्त अर्थमन्त्री शर्माको शपथ बेलुकी ५ः३० बजे

काठमाडौँ, १५ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५ः३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५ बजे रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गर्नु भएको थियो । सोहीअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेर बेलुका शपथ गराउने अधिकारीले बताउनु भयो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिनुभएको थियो। तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology