Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

खोटाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भत्कायो भोजपुरमा घर


3.6K
Shares

खोटाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भत्कायो भोजपुरमा घर

काठमाडौं, १५ साउन । आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले छिमेकी जिल्ला भोजपुरको एक घर भत्काएको छ।

बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको जानकारी दिनुभयो।

भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको जानकारी दिनुभयो । तर मानविय क्षति भने नभएको उहाँने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology