Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो


2K
Shares

आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो

 काठमाडौं, १३ साउन। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२. ९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ । विकास बैंक उपसूचक ४.६१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ४.२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक ०।८२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।

शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य २.५६ प्रतिशतले गिरावट भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology