Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने, साउन २७ गते सम्म निवेदन दिन पाउने


1.8K
Shares

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने, साउन २७ गते सम्म निवेदन दिन पाउने

काठमाडौं, १३ साउन । बुधबार प्रकाशित भएको २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको हो।

साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन्।

शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ।

साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन्।

निवेदन दस्तुर पाँच सय लाग्नेछ। निवेदन दिन कार्यालयले तोकेका कागजात पेश गर्नुपर्ने हुन्छ।

यस्तो छ सूचना:

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology