काठमाडौं, १२ साउन । नेपाली बजारमा सेयर बजार नेप्से १५.४४ अंकले बढेको छ । मंगलबार घटेको बजार बुधबार र बिहीबार भने लगातार बढेको हो ।
बिहीबार सेयर बजार २१२७.४२ बिन्दुमा पुगेर रोकिएको छ । आज कुल २२१ कम्पनीको ७२ हजार ४५० वटा सेयर कारोबारबाट १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भएको थियो ।
बिहीबार कारोबार रकम भने ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको भएको छ । निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए ।