Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आयोगद्धारा ३५१ उजुरीहरू फछ्र्योट


1.7K
Shares

आयोगद्धारा ३५१ उजुरीहरू फछ्र्योट

काठमाडौँ, १२ साउन । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्योट गरेको छ । फछ्र्योट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरीगत ८५ गरी कुल ९१ सिफारिस गरेको हो।

फछ्र्योट गरिएका उजुरीहरूमा ९ वटा खारेजी गरिएको छ भने २ सय ५१ उजुरी तामेलीमा छन् । त्यस्तै गरी ६१ उजुरीहरूमा विभिन्न आदेश गरी पुनः पेश गर्ने निर्णय गरेको छ । पुनः पेश समेत गरी आर्थिक वर्ष २०७८/०७९ मा आयोगले कूल ४ सय १२ उजुरीहरू उपर निर्णय गरेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो । आयोगमा आर्थिक २०७८/२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी सङ्ख्या ४ हजार २ सय १४ रहेका उहाँले बताउनु भयो ।

आयोगले स्थापनाकालदेखि नै मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका उजुरीहरू दर्ता, अनुगमन, अनुसन्धान र निर्णय गरी नेपाल सरकारलाई सिफारिस गर्ने र आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा रहेका उजुरीहरू, उजुरी उपर भएका निर्णय तथा सिफारिसहरूको तथ्याङ्क प्रत्येक वर्ष अद्यावधिक गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology