Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुन-चाँदीको मूल्य बढ्यो


3.5K
Shares

सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं, १२ साउन । नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३० रुपैयाँले वृद्धि भएको हो।

आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology