Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गुडिरहेको बसमा ढुंगा खस्दा १ जनाको मृत्यु


4.2K
Shares

गुडिरहेको बसमा ढुंगा खस्दा १ जनाको मृत्यु

सुर्खेत, ११ साउन । काठमाडौंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमा ढुंगा लागेको हो ।

सडक माथिबाट खसेको ढुंगा बसभित्र पुग्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीया पार्वती शाही र सुर्खेतको वीरेन्द्रनगर–६ का ४५ बर्षीया राजकुमारी सुनार घाइते हुनुभएको छ । घटना बुधबार दिउँसो १ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उहाँहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुर्‍याएलगत्तै शाहीलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

अर्की घाइते राजकुमारी सुनारको अवस्था सामान्य रही टाउकोमा चोट लागेको छ । मृत्यु भएका शाही र घाइते सुनार चालकको पछाडिको सिटमा बसेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology