Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अवरूद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो


2.3K
Shares

अवरूद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

दमौली, ११ साउन । पृथ्वीराज मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरूद्ध भएको सडक सञ्चालन भएको छ।

आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरूद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।

बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रूपमा अवरूद्ध भएको थियो।

क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

दुईतर्फी रूपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ। सडक अवरूद्ध भएपछि सयौं सवारीसाधन रोकिएका थिए। एक तर्फी सडक सञ्चालनमा आएपछि सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology