Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एकैदिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि, थप दुईको मृत्यु


1.5K
Shares

एकैदिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि, थप दुईको मृत्यु

काठमाडौं, १० साउन । पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा थप दुई जनाको मृत्यु भएको छ।

२१८ जना संक्रमित निको भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology