Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विद्यार्थीहरूलाई ज्वरो आएपछि निजी विद्यालय बन्द


2.8K
Shares

विद्यार्थीहरूलाई ज्वरो आएपछि निजी विद्यालय बन्द

काठमाडौं, १० साउन । दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्।

भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सन घोराहीले विज्ञप्ति जारी गर्दै विद्यालय चार दिन बिदा गर्ने निर्णय गरेको हो।

प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले पछिल्लो समय भाइरल ज्वरोबाट विद्यार्थी बिरामी हुन थालेकोले विद्यालय बन्द गर्नुपरेको जानकारी दिनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology