गोरखा, ९ साउन । गोरखा— चितवन जोड्ने त्रिशुली नदीको अलपत्र मोटररेबल पुल निर्माण गरिदिन सांसद हरिराज अधिकारीले सरकारसँग माग गर्नु भएको छ ।
आज प्रतिनिधी सभालाई सम्बोधन गर्दै सांसद अधिकारीले गोरखा बुटार र चितवन चुम्लिङटार जोड्ने मोटररेबल पुल निर्माण गरिदिन माग गर्नु भएको हो ।
कपु कन्ट्रकशन प्राइभेट लिमिटेड विरगञ्जसँग २०७१ असार २९ गते त्रिशुली नदीको मोटररेबल पुल निर्माणको सम्झैता भएको थियो । सम्झैता भएको यतिको वर्ष बिति सक्दाँ पनि पुल निर्माणको काम भने प्रारम्भिक तर्फ ८—१० प्रतिशत मात्र भएर लथालिङ्ग अवस्थामा रहेको उहाँले बताउनु भयो ।
पुल निमार्णको अवस्था हेर्दा नेपाल सरकार, भौतिक योजना तथा यतायात मन्त्रालय, पुल निर्माण सँग सम्बन्धित विभागहरु तथा जनप्रतिनिधीहरुले नियम कानुनलाई गिजाई रहेको भान हुने उहाँको भनाई छ । ‘जिल्लाको दक्षिणी भेग र सदरमुकाम सजिलो सँग जोडिने यो पुलको बाटो निकै फलदायी छ ।’ उहाँले भन्नु भयो, ‘ तर यो पुलको निर्माणको अवस्था हेर्दा नेपाल सरकार, भौतिक योजना तथा यतायात मन्त्रालय, पुल निर्माण सँग सम्बन्धित विभागहरु तथा हामी जनप्रतिनिधीहरुले नियम कानुनलाई गिजाई रहेको भान हुन्छ ।’
त्यसैले छिटो भन्दा छिटो पुल निर्माण हुने गरी सम्भव कानुन प्रक्रिया अघि बढाउन सम्बन्धित निकाय तथा सरकार सँग उहाँले माग गर्नु भएको छ ।