Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

म्यानमारमा प्रजातन्त्रका चार जना अभियन्तालाई मृत्युदण्ड


2.7K
Shares

म्यानमारमा प्रजातन्त्रका चार जना अभियन्तालाई मृत्युदण्ड

एजेन्सी, ९ साउन । म्यानमारका सैन्य अधिकारीले चार जना प्रजातन्त्र अभियन्तालाई ‘आतंकवादी कार्य’ गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्।

पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो।

साथै आफ्ना विरोधीहरूमाथि रक्तपातपूर्ण कारबाही गरेको पनि उनीहरूमाथि आरोप थियो।

मृत्युदण्ड दिइएको मध्येमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप—हप कलाकार फ्यो जेया थाउ रहेको ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ।

५३ वर्षीय क्याव मिन र ४१ वर्षीया जेया थाउले गत जुनमा सजायविरुद्धमा अपिल गरेका थिए। जेया थाउ म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका सहयोगीसमेत हुन्।

मृत्युदण्ड पाउने अरु दुई जनामा ह्ला म्यो आङ र आङ थुरा जाव रहेका छन्। चारै जनालाई आतंकवाद विरोधी कानून र दण्ड संहिता अन्तर्गत अभियोग लगाइएको थियो।

असिस्टेन्स एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी) ले म्यानमारमा अन्तिम न्यायिक मृत्युदण्ड सन् १९८० को दशकमा भएको बताएको छ।

गत महिना सैन्य प्रवक्ता जाव मिन टुनले मृत्युदण्डको बचाउ गर्दै यो धेरै देशमा प्रयोग भएको बताउनु भएको थियो । फ्यो जेयर थाउकी श्रीमती थाजिन न्युन्ट आङले आफ्नो पतिको मृत्युदण्डको बारेमा आफूलाई नभनेको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology