गोरखा, ८ साउन । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाको सबै सरकारी कार्यालयमा प्रवेश गर्नेले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड ब्यवस्थापन समितिको बैठकले सरकारी कार्यालयमा काम लिएर आउने जो कोहीले पनि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भनिएको हो ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको संयोजकत्वमा आइतबार बसेको बैठकले सरकारी कार्यालय प्रवेश गर्दा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र प्रत्येक कार्यालयको प्रवेश द्वारमा स्यानिटाइजको ब्यवस्था मिलाउने भन्ने निर्णय भएको हो ।
त्यस बाहेक बैठकले सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिर्वाय गर्ने र स्यानिटाइजरको ब्यवस्था मिलाउनु पर्ने भनिएको छ ।
आजै बसेको बैठकले गोष्ठी, सेमिनार, बैठक, विद्यालय, विश्व बिद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका ब्यवसाय तथा मनोरञ्जन स्थलहरु र स्टेडियममा पनि अनिर्वाय मास्क प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।