Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, थपिए ३४७ नयाँ संक्रमित


2.2K
Shares

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, थपिए ३४७ नयाँ संक्रमित

काठमाडौं, ८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

गत सोमबारपछि पहिलो पटक कोरोना संक्रमितले ज्यान गुमाएका हुन्। आइतबार ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology