Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि


2.2K
Shares

आज थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ साउन । पछिल्लो २४ घन्टामा देशभर थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४५६ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित छन्।

८० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology