गोरखा, ६ साउन । भिमसेन थापा गाँउपालिकाले वडा वडामा पुगेर गर्भवती महिलाहरुका लागी निशुल्क भिडियो एक्स रे सेवा सुरु गरेको छ । गाँउपालिकाले आर्थिक वर्ष ०७९/८० को निती तथा कार्यक्रममा उल्लेख भए बमोजिम पालिका भित्र बासोवास गर्ने तथा सेवा लिने गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्स रे सेवा सुरु हो ।
गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन साथै समयमै समस्याहरुको पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था राख्ने उदेश्यले पलिका भित्रका ८ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा ग्राािण अल्ट्रासाउण्ड कार्यक्रम मार्फत तालिम प्राप्त दक्ष जनशक्तिबाट भिडियो एक्स रे सेवा सञ्चालन गरिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख भेष राज खनालले जानकारी दिनुभयो ।
गत बैशाख देखी सुरु गरिएको सेवा मासिक रुपमा सञ्चालन गर्दै आएको शाखा प्रमुख खनालले बताउनु भयो । उहाँका अनुसार प्रोटेबल भिडियो एक्स रे मेसिनको साथमा स्वास्थ्यकर्मीले वडा वडामा पुगेर सेवा दिदैँ आएको छ । हाल गाँउपालिकामा फोकल पर्सन नभएकाले. छिमेकी पालिकाबाट बोलाएर भए पनि उहाँहरुकै नेतृत्वमा सेवा सञ्चालान गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।
गाँउपालिकाले यो सेवा सुरु गर्नु अघि पालिका भित्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षणका लागी गोरखा अस्पताल पुग्नु पर्ने बाध्यता थियो । स्वास्थ्यकर्मीले जानकारी गराए पनि चेतनाको कमीका कारण गर्भवती महिलाहरु सम्बन्धित ठाँउमा परिक्षणका लागी जाने नगरेको उहाँले बताउनु भयो ।
अहिले पालिका भित्रैबाट प्रत्यक वडामा पुगरे सेवा दिदाँ समयमै समस्याको पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ । गत महिना मात्रै दुई जनामा समस्या पहिचान गरी रेफर गरिएको जानकारी दिनु भयो । त्यस मध्य एक जनाको तत्काल रेफर गरि अपरेशन गरिएको छ भने अर्कोको शिशुको अवस्था स्वास्थ नरहेकाले गर्भपतन गराउन पर्ने भएको उहाँले जानकारी दिनु भयो ।
यो परिक्षण गर्भ अवस्था भरी ३,६,८ र ९ महिनामा गरी ४ पटक गरिन्छ । उहाँका अनुसार ३ महिना अघि पनि परिक्षण गराउन सकिन्छ । प्रत्येक महिना वडा नं. १ र ५ मा ७ गते, २, ३ र ४ मा ८ गते तथा ६, ७ मा ९ गते सेवा सञ्चालन गर्र्दै आएको छ । सार्वजनिक विदाको दिन पनि सेवा सञ्चालन हुने गाँउपालिकाले जनाएको छ ।