काठमाडौं, ५ साउन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नु भएको छ ।
बिहीबार बिहान दुई नेताबीचको ललितपुरमा भएको भेटमा प्रचण्डले यस्तो प्रस्ताव राख्नु भएको हो ।
‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गर्नु भएको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्नु भयो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताउनु भए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनु भएको छ।
यसअघिको भेटमा उहाँहरु बिच नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।