काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको बैठक साउन ३ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनु् भएको छ।
आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ । यस्तै आजै बसेको दोश्रो बैठकले प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।