Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फ्राइडे रिलिजः आकाश र पूजाको ‘सम्झना बिर्सना’ र केकीको ‘सिल्ली फो’ एकसाथ प्रदर्शनमा


3.9K
Shares

फ्राइडे रिलिजः आकाश र पूजाको ‘सम्झना बिर्सना’ र केकीको ‘सिल्ली फो’ एकसाथ प्रदर्शनमा

काठमाडौं, ३१ असार । आज हलमा नेपाली र बलिउड गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्।

नेपाली फिल्म ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ तथा बलिउड फिल्म ‘शाबाश मिठु’ र ‘जुदा हो के भि’ एकसाथ प्रदर्शनमा आएका हुन्।

निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्झना बिर्सना’मा अभिनेता आकाश श्रेष्ठ, पूजा शर्मा र छुल्ठिम गुरुङको मुख्य भूमिका छ। यो फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा १४ शो पाएको छ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा आकाश, पूजा र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणालगायत कलाकारको अभिनय छ। फिल्मको कथा तथा पटकथा निर्देशक निमेष प्रधान स्वयंले तयार पारेका हुन्।

राजबहादुर सानेले निर्देशन गरेको फिल्म ‘सिल्ली फो’ ले क्युएफएक्समा ४ शो पाएको छ। कमेडी फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायत कलाकारको अभिनय छ।

श्रीजित मुखर्जीको निर्देशनमा बनेको स्पोर्ट ड्रामा फिल्म ‘शाबाश मिठु’ले क्युएफएक्समा १८ शो पाएको छ। यो भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजको बायोपिक फिल्म हो। मिथालीको भूमिकामा तापसी पन्नु देखिनु भएको छ।

विक्रम भट्टको निर्देशनमा बनेको हरर फिल्म ‘जुधा हो के भि’ले क्युएफएक्समा १६ शो पाएको छ। फिल्ममा अक्षय अबरोय, रुसद राना, ऐन्द्रिता रेलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology