काठमाडौं, ३१ असार। लोकतान्त्रिक समाजवादी पार्टीले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।
सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल हुनुहुन्छ भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।
आफूहरु सत्ता गठबन्धनमा भएकाले नेपाली कांग्रेसका उम्मेदवारलाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै दुई बजेपछि बस्ने संसदीय दलले गर्ने उहाँको भनाइ छ ।
आजै तीन बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ । नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको भए पनि लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको थियो ।