Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको आरुघाटमा पहिरोले १ सय ५५ घर जोखिममा, पिडितहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग


4.1K
Shares

गोरखाको आरुघाटमा पहिरोले १ सय ५५ घर जोखिममा, पिडितहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग

गोरखा, ३० असार । गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतमा पहिरोका कारण १ सय ५५ घर जोखिममा परेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो निर्वाचन क्षेत्रका सांसद हरिराज अधिकारीले बुधबार साँझ ६ बजे भएको पहिरोको घटनाका कारण ४० घर र पशु चौपाया बगाएकोबारे संसद र सरकारलाई जानकारी गराउनु भयो ।

दुई वटा पहिरोका कारण १ सय ५५ घर जोखिम रहेको र उनीहरु यथास्थितिमा बस्ने अवस्था नभएको उहाँले बताउनु भयो । सांसद अधिकारीले उनीहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology