Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अपर सोलु हाइड्रोको आईपीओ आज बाँडफाँट


2.4K
Shares

अपर सोलु हाइड्रोको आईपीओ आज बाँडफाँट

काठमाडौं, ३० असार। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, बिहीबार आज आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओका लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ । बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेकोले स्वीकृत भएका आवेदकमध्ये धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावलीअनुसार १ लाख ८२ हजार ४७ आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ ।

यसरी बाँडफाँट गरेर बाँकी रहेको ५ कित्ता सेयर सोहीमध्ये १० कित्ता भदा बढीको लागि आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस्तै सोलुखुम्बु मा नै २.८ मेगावाटको ‘सिसा खोला ए आयोजना’ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology