Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

लिग टु क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै


3.7K
Shares

लिग टु क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, २९ असार । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल स्कटल्याण्डको सामना गर्दा दबाबमा हुनेछ ।

स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियालाई हराएको थियो । स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

ब्याटिङमा कमजोर प्रदर्शन हुँदा नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा ब्याटिङ अर्डरमा केही परिवर्तन हुने प्रशिक्षक पुबुदलु पहिले खेलपछि बताएका थिए ।

लिग टू मा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology