Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सभामुख सापकोटाद्धारा ५ विधेयक प्रमाणित


2K
Shares

सभामुख सापकोटाद्धारा ५ विधेयक प्रमाणित

काठमाडौं, २८ असार । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट विभिन्न मितिमा पारित भएका ५ विधेयक प्रमाणित गर्नु भएको छ।

मंगलबार सभामुख सापकोटाले लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणित गर्नु भएको हो ।

यस्तै ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गर्नु भयो ।

सभामुखले प्रमाणित गर्नु भएका यी विधेयकहरु राष्ट्रपति बिद्या भण्डारीले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology