Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेप्सेमा ७७ अंकको गिरावट


1.9K
Shares

नेप्सेमा ७७ अंकको गिरावट

काठमाडौं, २७ असार। आज सेयर बजारमा ७७.०१ अंकको गिरावट आएको छ । आगामी मौद्रिक नीति संघारमा रहेका बेला नेप्से भने ओरालो यात्रामा छ । सोमबार कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो ।

यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

सोमबार सानिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ। बीओके डिभेन्चर, गुडविल फाइनान्स डिभेन्चरको मूल्य समेत धेरै बढ्नेमा रह्यो ।

सोमबार ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । किसान लघुवित्त, ग्लोबल आईएमई समुन्नत, हिमालयन पावरसहितको सेयर मूल्य भने धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology