Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालमा एकैदिन थपिए १२१ जना कोरोना संक्रमित


1.9K
Shares

नेपालमा एकैदिन थपिए १२१ जना कोरोना संक्रमित

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा एक सय २१ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा एक सय ४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology