Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राष्ट्रपतिद्वारा तीन देशका लागी राजदूत नियुक्त


2.3K
Shares

राष्ट्रपतिद्वारा तीन देशका लागी राजदूत नियुक्त

काठमाडौं, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागी राजदूत नियुक्त गर्नु भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उहाँहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology