Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आज चट्याङसहित वर्षाको सम्भावना


2.2K
Shares

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २४ असार। आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशको प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदलीका साथै सोही प्रदेशका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology