Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु


1.6K
Shares

विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु

काठमाडौं, २३ असार । बाँके,कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको बुधबार दिउँसो मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राज कुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधबार दिउँसो डुबेर मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology