Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

स्वास्थ्य सेवा विभागद्धारा मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन


6.3K
Shares

स्वास्थ्य सेवा विभागद्धारा मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं, २२ असार । स्वास्थ्य सेवा विभागले साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विभागले देशभरका सम्पूर्ण स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका लागि आगामी आर्थिक वर्षको साउन महिनादेखि मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।

यसअघि स्वास्थ्य सेवालाई आवश्यक पर्ने औषधि तथा सामग्रीहरुको आपूर्ति प्रणालीको व्यवस्थापन, जिन्सी व्यवस्थापन, खपत दर र सामानको ढुवानी कार्य तालिकाको त्रैमासिक प्रतिवेदन व्यवस्थापन महाशाखा बुझाउने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology