Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मलामी गएका युवक नदीमा बगेर बेपत्ता


3.2K
Shares

मलामी गएका युवक नदीमा बगेर बेपत्ता

काठमाडौं, २२ असार । डडेल्धुराबाट डोटीस्थित सेती नदीमा मलामी गएका युवक बगेर बेपत्ता भएका छन्।

बुधबार डडेल्धुराको अमरगढी नगरपालिका—६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका थिए।

उनीहरू डोटीको शिखर नगरपालिका गोबीघाटमा मलामी गएका थिए।

सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा उनीहरू दुबै बगेका थिए।

नदीमा बगेकामध्ये विनोदको सकुशल उद्दार गरिएको छ।

अर्का युवक वीरेन्द्र भने बेपत्ता नै रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology