मकवानपुर । जिल्ला अदालत मकवानपुरले एसिड आक्रमणकारीलाई एक युवकलाई ८ वर्षको जेल सजाय सुनाएको छ । अदालतले पीडितलाई उपचारमा लागेको एक करोड १४ लाख रुपैयाँ खर्च पनि ‘अपराधीबाटै भराइदिन समेत अदातलले आदेश दिएको छ । साढे ६ वर्ष पहिलेको एसिड आक्रमणको एक घटनामा सुनुवाई गर्दै मकुवानपुर जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले ९ वैशाख २०७० मा हेटौंडामा युवतीलाई एसिड आक्रमण गर्ने भारतीय नागरिक राज भन्ने दिलिपराज केशरीलाई कैद संगै थपा एक लाख रुपैयाँ जरिवाना माग गर्ने पनि अदालतले फैसला गरेको छ।
त्यस्तै दिलिपलाई सहयोग गर्ने अर्का नेपाली नागरिक सन्जय मण्डललाई दुई वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले देखापढीलाई जानकारी दिनुभयो ।
पीडकको नेपालमा सम्पत्ति नदेखिएकाले भारतमा रहेको उसको चल–अचल सम्पत्तिबाट पीडितलाई उपचार खर्च दिलाउन पहल गर्न पनि अदालतले सरकारलाई आदेश दिएको छ।