Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नदीमा डुबेर एकको मृत्यु, एक जना बेपत्ता


2.8K
Shares

नदीमा डुबेर एकको मृत्यु, एक जना बेपत्ता

काठमाडौं, २० असार । बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको छ भने शनि कुमार बेपत्ता भएका छन्।

उनीहरू ६० जनाको समूहमा भारतबाट नेपाल घुम्न आएका थिए।

पाल्पाको दोभानस्थित प्रहरीका अनुसार आइतबार सिद्धबाबा मन्दिरको दर्शन गरी केही युवाहरू सिद्धबाबा नजिकैको झोलुङ्गे पुलमुनि पौडी खेल्न गएका थिए।

तिनाउमा पौडी खेल्ने क्रममा नन्दकुमार र शनिलाई नदीले बगाएको थियो।

घटना थाहा पाएपछि प्रहरीले खोजी गर्दै जाँदा निसादको शव बुटवल १९ लाफाचौरमा फेला परे पनि शनि भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

नदीमा डुबेर बेपत्ता भएका शनिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology